मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट थपिए तीन मन्त्री

बुधबार, २० बैशाख, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल विस्तार गरेका छन्। कांग्रेसका तीनजना मन्त्री सरकारमा सहभागी भएका हुन्। 

कांग्रेस उपसभापति धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बू युवा तथा खेलकुद मन्त्रालयकाे जिम्मेवारी दिइएको छ। 

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नै तीन मन्त्रीलाई नियुक्त गरेका छन्। नवनियुक्त मन्त्रीहरूकाे शपथ भाेलि दिउँसाे ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएकाे छ। 

सुझावित समाचार