आइएमई लाइफको खुद नाफामा ७९ प्रतिशत वृद्धि

बुधबार, २० बैशाख, २०८०
डिजिटल संस्करण

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आव ०७९/८० को तेस्रो त्रैमाससम्ममा दुई अर्ब ९८ करोड ५८ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले आर्जन गरेको दुई अर्ब ४४ करोड ७३ लाख कुल बिमा शुल्कको तुलनामा यो २२ प्रतिशतले बढी हो । 

यस अवधिमा कम्पनीले दुई अर्ब ८९ करोड चार लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको जनाइएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बिमाशुल्क आर्जन २१ प्रतिशतले बढी भएको कम्पनीले जनाएको छ । यस त्रैमाससम्ममा कम्पनीको खुद नाफा १८ करोड २४ लाख रुपैयाँ रहेको जनाइएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १० करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ७९ प्रतिशतले बढी हो ।

कम्पनीको चुक्ता पुँजी दुई अर्ब ८० करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीको चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको चुक्ता पुँजी १०० प्रतिशतले बढी हो । यस अवधिसम्ममा कम्पनीको जगेडा कोषमा एक अर्ब १० करोड पाँच लाख रुपैयाँ सञ्चिति रहेको जनाइएको छ । 

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोष ८१ प्रतिशतले बढी रहेको कम्पनीले उल्लेख गरेको छ । त्यस्तै, जीवन बिमा कोषमा ६ अर्ब सात करोड ७३ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बिमा कोष ४३ प्रतिशतले बढी हो ।

कम्पनीको दीर्घकालीन लगानी तथा कर्जा आठ अर्ब चार करोड ७१ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीको चार अर्ब ४१ करोड १९ लाख रुपैयाँ दीर्घकालीन लगानी तथा कर्जा रहेको थियो । यस अवधिसम्म कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी आठ रुपैयाँ ६९ पैसा रहेको जनाइएको छ ।

सुझावित समाचार