सरकारले आफ्नो कार्यकाल पूरा गर्नुपर्छ : उपेन्द्र यादव

मंगलबार, १९ बैशाख, २०८०
डिजिटल संस्करण

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूहरू सरकारको स्थिरताको पक्षमा रहेको बताएका छन्। 

मंगलबार प्रतिनिधिसभा सदस्यको रूपमा सभामुखबाट शपथग्रहण गरेसँगै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष यादवले आफूहरू स्थिरताको पक्षमा रहेको बताएका हुन्। 

उनले सरकारले आफ्नो कार्यकाल पूरा गर्नुपर्छ भन्ने पक्षमा पार्टी रहेको स्पष्ट पारे। अस्थिरताले कसैको हित नगर्ने र लोकतन्त्रलाई कमजोर बनाउने भन्दै उनले जनतामा वितृष्णा जाग्न दिनु नहुने उल्लेख गरे। अध्यक्ष यादवले सरकार निर्माणको सम्बन्धमा राष्ट्रिय समझदारी बन्नुपर्नेमा जोड दिए। 

उनले संसदीय समितिहरूको कामलाई सक्रिय र गतिशील बनाउनुपर्ने जोड दिए। यादव वैशाख १० गते भएको उपनिर्वाचनमा बारा २ बाट निर्वाचित भएका थिए। 

सुझावित समाचार