महालक्ष्मीमा सरु संगीत घरको सांगीतिक प्रस्तुति

मंगलबार, १९ बैशाख, २०८०
डिजिटल संस्करण

सरू संगीत घरको आयोजनामा शनिबार महालक्ष्मी ५ टीकाथलीमा कलाकारहरूले सांगीतिक प्रस्तुति प्रस्तुत गरेका छन्। 

वरिष्ठ गायिका लोचन भट्टराईले चर्चित गीत ‘ऊ त गयो माया मारेर’ र ‘टाढा–टाढा नभई जाऊ तिमी’ गाएको समारोहमा कला र संगीतका पारखी सहभागी थिए। 

स्थापित संगीतकार डेनी निरौलाले आफ्नी आमा सरू निरौलाको नाममा स्थापित गरेको संगीत घरले मुख्यतः बालबालिकालाई संगीत प्रतिक्षण दिँदै आएको छ। 

संगीत घरको दोस्राे वार्षिकोत्सवका अवसरमा गीत र नृत्य गरी २८ प्रस्तुति प्रदर्शन भएको संगीतकार निरौलाले जानकारी दिए। 

कार्यक्रममा महालक्ष्मी– ५ का वडाध्यक्ष कपिल केसी, शिक्षासेवी विष्णुकुमार निरौला, स्थानीय समाजसेवी सूर्य बस्नेत, गृह मन्त्रालयका उपसचिव डोरेन्द्र निरौलालगायत सहभागी थिए।

वरिष्ठ गायिका लोचन भट्टराईले सरू संगीत घरको नाम संगीतकार डेनी निरौलाकी स्वर्गवासी आमाको नामबाट स्थापना भएको थाहा पाउँदा निकै खुसी भएको  बताइन्।

उनले आफू पनि संगीतको सिकारु भएको भन्दै संगीतघरका विद्यार्थीहरूलाई हौसला प्रदान गरेकी थिइन् । वडाध्यक्ष केसीले संगीतघरप्रति स्थानीय सरकारको सहयोग र समर्थन रहने बताए। 

सुझावित समाचार