चालू आर्थिक वर्षको ०७९/८० मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभूत मूल्यमा २.१६ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ।
नेपालको अर्थतन्त्रको आकार आ.व. ०७९/८० मा ५३ खर्ब ८१ अर्ब पुग्ने प्रारम्भिक अनुमान छ। यो प्रक्षेपण विश्व बैंक, आइएमएफसँग मिलेको छैन।
कार्यालयको प्रक्षेपण सधैँ बढी हुने गरेकोमा यसपालि कम भएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ।
प्रमुख आर्थिक सूचकहरूको अवस्था
- कुल गार्हस्थ्य उत्पादन वृद्धिदर उपभोक्ताको मूल्यमा १.८६ प्रतिशत।
- कुल गार्हस्थ्य उत्पादन वृद्धिदर आधारभूत मूल्यमा २.१६ प्रतिशत ।
- चालू मूल्यअनुसार कुल उत्पादन आधारभूत मूल्यमा ८० खर्ब १० अर्ब ६७ करोड रुपैयाँ।
- चालू मूल्यअनुसार कुल मध्यवर्ती उपभोग उपभोक्ताको मूल्यमा ३३ खर्ब ९४ अर्ब १७ करोड रुपैयाँ।
- चालू मूल्यअनुसार कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा ४६ खर्ब ९६ अर्ब ४९ करोड रुपैयाँ।
- चालू मूल्यअनुसार कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा ५३ खब ८१ अर्ब ३४ करोड।
- चालू मूल्यमा कुल स्थिर पुँजी निर्माण १३ खर्ब ५६ अर्ब ४६ करोड (कुल गार्हस्थ्य उत्पादनको २५.२१ प्रतिशत)
- चालू मूल्यमा अन्तिम उपभोग खर्च ५० खर्ब ३६ अर्ब १५ करोड (कुल गार्हस्थ्य उत्पादनको ९ ३.५९ प्रतिशत)।
- चालू मूल्यमा वस्तु तथा सेवा निर्यात तीन खर्ब ८५ अर्ब ११ करोड रुपैयाँ (कुल गार्हस्थ्य उत्पादनको ७.१६ प्रतिशत)
- चालू मूल्यमा वस्तु तथा सेवा आयात १९ खर्ब ६४ अर्ब ३३ करोड रुपैयाँ (कुल गार्हस्थ उत्पादनको ३६.५ प्रतिशत)।
- चालू मूल्यमा कुल राष्ट्रिय बचत कुल गार्हस्थ्य उत्पादनको ३१.६६ प्रतिशत ।
- विप्रेषण १२ खर्ब ३१ अर्ब ७३ करोड रुपैयाँ (कुल गार्हस्थ्य उत्पादनको २२.८९ प्रतिशत ।
- प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन १,८२,६८३ रुपैयाँ अर्थात् १३९९ अमेरिकी डलर।
- प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,८४,१४० रुपैयाँ अर्थात् १४१० अमेरिकी डलर।