‘नेपाल-पाकिस्तान बौद्ध सम्बन्ध’ पुस्तक सार्वजनिक

आइतबार, १७ बैशाख, २०८०
डिजिटल संस्करण

पूर्वराजदूत हिरण्यलाल श्रेष्ठद्वारा लिखित ‘नेपाल–पाकिस्तान बौद्ध सम्बन्ध’ पुस्तकको विमोचन भएको छ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हास्मीले पाकिस्तानको बौद्ध सम्पदासम्बन्धी पुस्तक विमोचन गरेका हुन्। 

पाकिस्तानी राजदूतावासले हिरण्य इन्टरनेसनल लाइब्रेरीसँगको सहकार्यमा शनिबार पुस्तक विमोचन आयोजना गरेको थियो। कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा त्रिरत्न मानन्धर, प्रा. भिक्कुनी, डा. धम्म विजय, धम्ममोली परियोजनाका सहसंस्थापक संस्कृतिविद् डा. गोपाल पोखरेल र विज्ञ किरपाल श्रेष्ठलगायत भिक्षु तथा बौद्ध विद्वान् सहभागी थिए। 

पाकिस्तानमा हिन्दू र बौद्ध सम्पदा छन्। पाकिस्तान सरकारले बौद्ध र हिन्दू सम्पदाको संरक्षण गर्दै आएको छ। पूर्वप्रधानमन्त्री खनालले सांस्कृतिक सम्पदाले दुई देशका जनतालाई आपसमा जोडेको बताए। बौद्ध सम्पदालाई नेपाल र पाकिस्तानको साझा बिरासतका रूपमा लिइनुपर्ने खनालको भनाइ थियो।  

नेपालका लागि पाकिस्तानका राजदूत हास्मीले पूर्वराजदूत श्रेष्ठको किताब लेख्ने कार्यको प्रशंसा गर्दै साझा बौद्ध बिरासतमा जोड दिए। उनले नेपाल र पाकिस्तानबीचको स्थायी बन्धनको रूपमा सांस्कृतिक र ऐतिहासिक सम्बन्धको महत्व अपरिहार्य रहेको पनि बताए। 

सुझावित समाचार