कामना सेवाको प्रमुख कार्यकारी अधिकृतमा थकाली

शुक्रबार, १५ बैशाख, २०८०
डिजिटल संस्करण

कामना सेवा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिनेश थकाली नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले चार वर्ष अवधिका लागि थकालीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।   

सांग्रिला डेभलपमेन्ट बैंकमा म्यानेजमेन्ट ट्रेनी हुँदै कामु प्रमुख कार्यकारी अधिकृतसम्म भएका थकाली सांग्रिला छाडेपछि प्रभु बैंकमा प्रमुख सञ्चालन अधिकृतका रूपमा प्रवेश गरेका थिए । त्यसपछि प्रभु बैंकको सहायक कम्पनी प्रभु क्यापिटलको प्रबन्ध निर्देशकमा नियुक्त भएका उनी हल प्रभु बैंकको नायब महाप्रबन्धक तथा चिफ बिजनेस अफिसरको जिम्मेवारीमा रहेको बैंकले जनाएको छ । 

करिब २२ वर्षको बैंकिङ अनुभव रहेका चार्टर्ड एकाउन्टेन्ट थकालीले लनडन स्कुल अफ इकोनोमिक्स लन्डन, विश्व बैंक वासिङटन, एआइटी थाइल्यान्ड, फिच्ट लर्निङ सिंगापुरलगायतका प्रतिष्ठित संस्थाहरूबाट बैंकिङ तथा व्यवस्थापनसम्बन्धी विभिन्न विधामा अध्ययन तथा तालिम लिनुका साथै त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातकसमेत गरेको जनाइएको छ । 

सुझावित समाचार