घट्दो डलरको दबदबामा नयाँ मुद्राको विकल्प

अमेरिकी डलरको सञ्चिति घट्न थालेपछि अगस्टमा हुने ब्रिक्स देशहरूको बैठकमा डलरविरुद्ध नयाँ मुद्राको उदय हुने अनुमान

बिहिबार, १४ बैशाख, २०८०
डिजिटल संस्करण

आर्थिक जगत्मा यतिवेला एउटा चर्चा चलिरहेको छ । त्यो चर्चा आगामी दिनमा अमेरिकी डलरको वैश्विक दबदबा कम हुन्छ कि हुँदैन भन्नेबारे हो । यही चर्चाको बीचमा कैयौँ अन्य देशको मुद्राको नाम वैश्विक मुद्राको रूपमा लिन थालिएको छ । यसमा सबैभन्दा बढी चीनको राष्ट्रिय मुद्रा युआनको नाम प्राथमिकताका साथ आएको देखिन्छ । अर्कातिर, आगामी अगस्टमा हुन गइरहेको ब्रिक्स देशहरूको बैठकमा कुनै न कुनै रूपमा डलरविरुद्ध नयाँ मुद्राको उदय हुने अनुमानसमेत गर्न थालिएको छ ।

पछिल्लो समय अमेरिकी डलर सञ्चिति तीव्र रूपमा घट्न थालेपछि यो चर्चा हुन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । आइएमएफको पछिल्लो रिपोर्टअनुसार सन् १९९९ सम्म वैश्विक मुद्रा सञ्चितिमा अमेरिकी डलरको हिस्सा करिब ७० प्रतिशतभन्दा बढी थियो । तर, सन् २०२२ मा आउँदा सञ्चिति घटेर ५९ प्रतिशतमा सीमित भयो । डलरपछि सबभन्दा बढी सञ्चिति भएको मुद्रा युरो हो । 

डलरको वैश्विक दबदबा कम भएको खण्डमा त्यसको विकल्पका रूपमा कुनै अन्य मुद्राले वैश्विक स्तरमा मान्यता पाउँछ । र, मान्यता पाएपछि पछिल्लो एक शताब्दीमा अमेरिकाको वैश्विक साखमा ठूलो गिरावट आउने देखिन्छ । विशेषज्ञले यसका लागि अमेरिकी आर्थिक नीतिलाई दोषी देखेका छन् । 

कैयौँ देश अमेरिकी डलरको अभावले सधैँ तनाव खेप्न बाध्य हुन्छन् । खासमा, पछिल्लो समय अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाएपछि विश्वव्यापी रूपमा डलर बलियो बन्न पुग्यो । यसले सबै देशको मुद्राको अवमूल्यन भयो । परिणाम, सबै देशमा आयात महँगो बन्यो र यसले घरेलु बजारमा व्यापक महँगी बढायो । यसकारण कैयौँ देशले अमेरिकालाई किनारा लगाउँदै अन्य विकसित देशसँग आफ्नो सम्बन्ध बलियो बनाउँदै लगेका छन् । साथै, ती देशको विदेशी मुद्रा सञ्चितिलाई प्राथमिकताका साथ अगाडि बढाएका छन् । 

कैयौँ देश अमेरिकी डलरको अभावले सधैँ तनाव खेप्न बाध्य हुन्छन् । खासमा पछिल्लो समय अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाएपछि विश्वव्यापी रूपमा डलर बलियो बन्न पुग्यो । यसले सबै देशको मुद्राको अवमूल्यन भयो । परिणाम, सबै देशमा आयात महँगो बन्यो र यसले घरेलु बजारमा व्यापक महँगी बढायो । 

खासमा भन्नुपर्दा यो चर्चा अन्तर्राष्ट्रिय कूटनीतिको हिस्सा हो । एक वर्षभन्दा बढी समयदेखि जारी रुस–युक्रेन युद्धमा वैश्विक स्तरमा अमेरिकी दिशालाई रुस र चीन दुवै मिलेर बलियो जवाफ दिन चाहन्छन् । यसकारण सबभन्दा पहिले चीनले अमेरिकी डलरको विशाल मुद्रा सञ्चितिलाई आफ्नो मुद्रा युआनमा परिवर्तन ग¥यो । त्यसपछि रुसले चीनको मुद्राले अमेरिकी डलरको स्थान लिनुपर्छ भन्न थाल्यो । यद्यपि, वैश्विक स्तरमा कुल विदेशी मुद्रा सञ्चितिमा चिनियाँ मुद्राको हिस्सा मात्र पाँच प्रतिशतहाराहारी छ ।

 अगस्टमा हुन गइरहेको ब्रिक्स देशको बैठकमा डलरविरुद्ध अन्य मुद्राको विकल्पबारे चर्चा हुनेछ । तर, ब्रिक्स बैठकमा भारतले कदापि युआनलाई डलरको विकल्पका रूपमा स्वीकार गर्नेछैन । किनकि, यसको पछाडि विभिन्न आर्थिक तथा राजनीतिक कारण छन् । चीन र रुसको बलियो मित्रताको पछाडि मुख्य निसाना भारत छ । यसकारण ब्रिक्सअन्तर्गत चीनको मुद्रालाई डलरको विकल्पका रूपमा सायदै देखिन सक्छ । 

हालको अवस्थामा भारतको विदेशी मुद्रा सञ्चिति करिब ५३० अर्ब डलरबराबर छ । यसमा सबभन्दा बढी हिस्सा भनेको अमेरिकी डलरको नै हो । भारतका आर्थिक नीतिको झुकावलाई हेर्ने हो भने अमेरिकातिर धेरै रहेको देखिन्छ । यद्यपि, अमेरिकी डलरको आक्रामकताले थुप्रैपटक भारतीय सेयर बजार ओरालो लाग्छ र घरेलु बजारमा महँगीको चक्र झन्झन् फराकिलो हुँदै जान्छ । 

के यस्तो अवस्थामा भारतीय मुद्रा डलरको विकल्प बन्ला त ? भन्ने प्रश्न उठ्न सक्छ । तर, सबै परिस्थिति केलाउँदा डलरकै विकल्प बन्न तत्काल सम्भव नरहेको विशेषज्ञहरूको भनाइ छ । कुनै पनि देशको मुद्रालाई वैश्विक मुद्राको रूपमा पहिचान गर्न त्यो देशमा लोकतान्त्रिक व्यवस्था हुनुका साथै आर्थिक नीतिमा प्रगतिशीलता जरुरी हुन्छ । विशेषज्ञले भारतमा यी दुवै चिज रहेको बताउँछन् । त्यसो त भारत विश्वको पाँचौँ ठूलो अर्थतन्त्र हो भनिरहनु नपर्ला । तर, यसलाई कायम राखिराख्न र अझै शक्तिशाली अर्थतन्त्र बन्न भारतले आफ्नो लामो यात्रालाई जारी राख्नुपर्ने हुन्छ । कारण, भारतको निर्यात एकदमै कम छ । कम निर्यात भएकै वेला उसले कुनै अन्य मुद्रालाई डलरको विकल्पका रूपमा समर्थन दिन सक्ने देखिँदैन । 

सुझावित समाचार