प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

बुधबार, १३ बैशाख, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा आज भएको भेटवार्तामा राष्ट्रिय सभा अध्यक्षले रुसको संघीय संसद् उपल्लो सदनको निमन्त्रणामा भएको भ्रमणबारे जानकारी गराएका थिए। 

यस्तै, संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित गरेर संसद् अधिवेशन छिट्टै अन्त्य गर्ने विषयमा छलफल भएको राष्ट्रिय सभाका अध्यक्षको सचिवालयले जानकारी दिएको छ।

सुझावित समाचार