निर्वाचन परिणामबारे नेपाल– दलहरूले कमजोरी सुधार्न आवश्यक छ

मंगलबार, १२ बैशाख, २०८०
डिजिटल संस्करण

एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले दलहरूले आफ्ना कमीकमजोरी सुधारे मात्रै जनताले विश्वास गर्ने बताएका छन्। मंगलबार संसद् भवनबाहिर उपनिर्वाचनको परिणामको सन्दर्भमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

जनताको झुकाव कसैप्रति हुने र कसैप्रति नहुने किन भइरहेको छ भन्ने विश्लेषण गरेर दलहरूले आफूलाई सुधार्नुपर्ने उनको भनाइ छ। अध्यक्ष नेपालले यथास्थितिमा जनताले कसैलाई पनि विश्वास नगर्ने प्रस्ट्याए।

‘जनताका झुकाव कसैप्रति किन गइरहेको छ? कसैप्रति किन छैन भन्ने बारेमा राम्रो ढंगले विश्लेषण गरेर आफूमा के–के कमजोरी रहेका छन्, त्यसलाई सुधार्ने दिशामा अगाडि बढ्नैपर्छ। गम्भीर चिन्तन-मनन गर्नु आवश्यक छ। आफूमा भएका कमीकमजोरी सुधार्यो भने मात्रै जनताले विश्वास गर्छन्। होइन भने जनताले यथास्थितिमा कसैलाई पनि विश्वास गर्दैनन्,’ उनले भने।

सुझावित समाचार