सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने सरकारको निर्णय

मंगलबार, १२ बैशाख, २०८०
डिजिटल संस्करण
सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने सरकारको निर्णय

फाइल तस्बिर

सरकारले काठमाडौं—तराई/ मधेस फास्ट ट्र्याकको सम्बन्धमा जग्गा प्राप्तिको विषयलाई छिटो टुंग्याउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए।

यसैगरी, बैठकले सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको गुणस्तर नापतौलसम्बन्धी विधेयक समितिमा पठाउने निर्णय गरेको छ।

बैठकले जग्गा कित्ताकाटसम्बन्धी विषयलाई अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय पनि गरेको मन्त्री ज्वालाले जानकारी दिए।

सुझावित समाचार