बारामा मतान्तर घटाउँदै जनमत

मंगलबार, १२ बैशाख, २०८०
डिजिटल संस्करण

बारा क्षेत्र नम्बर २ मा जनमत पार्टीले जनमत घटाउँदै लगेको छ । पछिल्लो मतपरिणामअनुसार जसपाका उम्मेदवार उपेन्द्र यादवले १२ हजार आठ सय ४८ मत ल्याएका छन् भने उनलाई पछ्याइरहेका जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुसवाहले आठ हजार चार सय ८८ मत प्राप्त गरेका छन्।

त्यस्तै, एमालेका पुरुषोत्तम पौडेल चार हजार पाँच सय १६ मतसहित तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेल एक हजार नौ सय ९१ मतसहित चौथो स्थानमा छन् । पछिल्लो परिणाम हेर्दा जनमतले आफ्नो मतान्तर घटाउँदै लगेको देखिएको छ । 

See More On

सुझावित समाचार