विमानस्थलबाट सुरक्षाकर्मी फर्किँदै

सोमबार, ११ बैशाख, २०८०
डिजिटल संस्करण

लेफ्ट इन्जिनमा आगलागी भएको फ्लाई दुबईको जहाज आकस्मिक अवतरण नगरी भारततर्फ अघि बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरक्षाकर्मी फर्किएका छन् । 

जहाजको एउटा इन्जिनमा आगो लागेको खबरसँगै आकस्मिक अवतरणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष तयारी गरिएको थियो । 

त्यसक्रममा विमानस्थललाई पूरै खाली गराइएको थियो । विमानस्थलबाट उडान र अवतरण रोकिएको थियो ।

अवतरणका लागि आएका विमानहरूलाई होल्ड गराइएको थियो । 

विमानस्थलको तल्लो गेटबाटै भित्र प्रवेशका लागि रोक लगाइएको थियो । अहिले अवस्था सामान्य बनेसँगै सुरक्षाकर्मी फर्किएका छन् । 

तस्बिरहरू : अमुल थापा र मिलन विश्वकर्मा/नयाँ पत्रिका

सुझावित समाचार