तनहुँ १ मा अहिलेसम्म ३८ हजार ७९१ मतगणना भएको छ। ४२ मध्ये २७ वडाको मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता बढाउँदै लगेका छन्।
वाग्लेले १९,६५३ मत ल्याउँदा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ११,६६९ मत ल्याएका छन्। वाग्ले र भट्टराईबीच सात हजार ९८४ मतको अन्तर रहेको छ।
यस्तै, एमालेका सर्वेन्द्र खनाल ६,२६९ मतसहित तेस्रो स्थानमा छन्।