चितवनमा रविले लिए अग्रता, पहिले कम आएको इच्छाकामनामा बढाए मत

सोमबार, ११ बैशाख, २०८०
डिजिटल संस्करण

चितवन २ को मतगणना चल्दै गर्दा रवि लामिछानेले अग्रता लिएका छन्। दुई हजार ४ सय ९२ मत गन्दा उनले एक हजार १५५ मत पाएका छन्।

अहिले इच्छाकामना गाउँपालिका १ र ३ को मतगणना जारी छ। यी वडाबाट मंसिर ४ मा भएको निर्वाचनमा उनले कम मत पाएका थिए।

एमालेका रामप्रसाद न्यौपानेले ६६५ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएका छन्। उपनिर्वाचनका लागि चितवन २ मा दुई महिलासहित २२ उम्मेदवार छन्। 

सुझावित समाचार