प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ को मतपेटिका संकलनको काम अन्तिम चरणमा पुगेको छ ।
मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले मतपेटिका मतगणनास्थलमा ल्याइएपछि सर्वदलीय बैठक बसेर आजै रातिदेखि गणना सुरु गरिने जानकारी दिए ।
मतगणनाका लागि चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा गणनास्थल बनाइएको छ । यसअघि गत ४ मंसिरमा भएको निर्वाचनका वेला पनि भरतपुर १० मा रहेको चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा नै मतगणना भएको थियो ।
गणनास्थलको सुरक्षाका लागि सिसिटिभी क्यामरा जडान गरिएको छ भने तारजालीकोसमेत व्यवस्था गरिएको छ । मतगणनास्थलमा १२ वटा सिसिक्यामेरा जडान गरिएको छ ।
