बारा २ का मतदातालाई किन्ने प्रयास भयो, मतदानको ट्रेन्ड एमालेको पक्षमा छ : पौडेल

आइतबार, १० बैशाख, २०८०
डिजिटल संस्करण

बारा २ मा एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले बारा २ मा मतदातालाई प्रभावित पार्ने प्रयास भएको आरोप लगाएका छन् । सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले आफूले विभिन्न स्थानमा यस्तो प्रयास भएको जानकारी आएको बताएका हुन् । 

तर, मतदाताले एमालेलाई मत दिने उनको दाबी छ । ‘मतदानको ट्रेन्ड हेर्दा एमालेको पक्षमा मतदान देखिन्छ । केही स्थानमा मतदातालाई प्रभावित पार्न रकम बाँडिएको सूचनासमेत आएको छ । यति हुँदाहुँदै पनि जनताले हामीलाई विश्वास गरेर मत दिन्छन्,’ उनले भने।

सुझावित समाचार