गुल्मीको इस्मा गाउँपालिकामा आगोले दुई घर र तीन गोठ जलेर नष्ट भएका छन्। इस्मा गाउँपालिका– ५ इस्मा रजस्थल दमारका शिवलाल कुमाल र रुद्रबहादुर कुमालका दुई घर र तीन गोठ जलेको स्थानीय बोमबहादुर कुमालले जानकारी दिए।
स्थानीय सामुदायिक वनमा लागेको आगो एक्कासि गाउँ पसेपछि घरगोठसहित अन्न र लत्ताकपडा जलेर नष्ट भएको उनको भनाइ छ। उनका अनुसार वनमा ठूलो डढेलो लागेका कारण नजिकै रहेको पटौतीका १४ घर जोखिममा छन्।
धनार्जी प्रहरी चौकीबाट खटिएका प्रहरी र स्थानीयले बस्ती जोगाउने प्रयास गरिरहेका छन्।