सिल्भर माउन्टेन स्कुलले सुरु गर्‍यो फ्रान्सेली रेस्टुरेन्ट

बिहिबार, ७ बैशाख, २०८०
डिजिटल संस्करण

सिल्भर माउन्टेन स्कुल अफ होटेल म्यानेजमेन्टले नेपालको पहिलो फ्रेन्च फाइन डाइनिङ रेस्टुरेन्ट ‘प्यापिलोन रोजे’ सञ्चालनमा ल्याएको छ । रेस्टुरेन्टको उद्घाटन नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोरबाओले गरेका हुन् । 

रेस्टुरेन्ट सञ्चालक संस्थाका संस्थापक अध्यक्ष तथा प्रिन्सिपल समीर थापाले प्यापिलोन रोजेको सुरुवात सिल्भर माउन्टेन स्कुल अफ होटेल म्यानेजमेन्टका लागि महत्वपूर्ण  कोसेढुंगा साबित हुने विश्वास व्यक्त गरे । 

आफ्ना अतिथिलाई असाधारण खानाको अनुभव प्रदान गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । अनुभवी सेफ र आतिथ्य पेसेवरको टोलीले फ्रान्सेली खानाको क्युरेट गरिएका मेनु बनाएको उनको भनाइ थियो । 

संस्थाका विद्यार्थीले उत्कृष्ट सामग्री र प्रविधिका साथै व्यञ्जनको चयनमार्फत फ्रान्सेली परिकार अनुभव गर्ने अवसर सिर्जना गरेको थापाले बताए । उद्घाटन कार्यक्रममा विभिन्न देशका राजदूत, नेपालस्थित विदेशी नियोगका प्रतिनिधि, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाका पदाधिकारीको उपस्थिति रहेको जनाइएको छ । 

सुझावित समाचार