अब रोबोटले खोस्नेछ उच्च सीपयुक्त रोजगारी

यसअघि मेसिनले केवल श्रमप्रधान रोजगारी मात्रै खोस्ने गरेका थिए

बिहिबार, ७ बैशाख, २०८०
डिजिटल संस्करण

मेसिनले ब्लु–कलर (श्रमप्रधान) रोजगारीहरू खोस्न थालेको दशकौँपछि अहिले उन्नत च्याटबोटहरूले ह्वाइट कलर (कार्यालयमा बसेर गरिने) रोजगारी खोस्न थालेका छन् । च्याटजिपिटी जस्ता ‘जेनेरेटिभ’ आर्टिफिसियल–इन्टेलिजेन्सी (एआई) उपकरणले मानव–भाषा र त्यसको सन्दर्भ बुझ्ने र अभिव्यक्त गर्ने मामिलामा उल्लेखनीय प्रगति गरेका छन् । यहाँसम्म कि केही काममा तिनले मानिसलाई उछिनिसकेका छन् । गोल्डम्यान स्याँस नामक एक बैंकका अनुसार यसले छिटै विश्वव्यापी रूपमा ३० करोडभन्दा धेरै रोजगारी खाइदिन सक्छ ।

विभिन्न कार्य गर्न अन्य सफ्टवेयरहरूको परिकल्पना भइरहेका छन्, जसलाई इन्टरनेटबाट ताजा डाटा स्वचालित रूपमा लिन सक्ने कम्प्युटर उपकरणजस्ता अन्य सफ्टवेयर यो मोडलमा थप्न सकिनेछ । उनीहरूको अध्ययनले ८० प्रतिशत अमेरिकीले कम्तीमा आफ्ना १० प्रतिशत काम उन्नत एआई उपकरणबाट गर्ने थालेका छन् । त्यसैगरी, एआईले १९ प्रतिशत कामदारको ५० प्रतिशत काम गरिदिन थालेको छ । 

प्रोग्रामिङ र लेखन कौशलमा आधारित उद्योगका रोजगारी च्याटबोटहरूबाट सबैभन्दा जोखिममा छन् । १ मार्चमा अमेरिकाका शिक्षाविद्हरूद्वारा प्रकाशित एउटा अर्काे अध्ययनले पनि यही कुरालाई प्रतिध्वनित गर्छ । उनीहरूको अध्ययनले कानुनी सेवा र वित्तीय तथा बिमा उद्योगका केही क्षेत्रका रोजगारी च्याटबोट (एआई)बाट सबैभन्दा असुरक्षित हुनेछन् ।

यी काम च्याटबोटले सहजै गरिदिनेछन् । त्यसैगरी, टेलिमार्केटर्स (डिजिटल वा अन्य हिसाबले गरिने दूर बजार व्यवस्थापनका कार्यहरू)लाई पनि उनीहरूले एआईका कारण सबैभन्दा संकटापन्न क्षेत्रका रूपमा औँल्याएका छन् । शिक्षक विशेषगरी भाषा, साहित्य र इतिहासका शिक्षक यो सूचीको अर्काे नम्बरमा छन् । दुवै अध्ययनमा के कुरा उल्लेखनीय छ भने अहिले सबैभन्दा खतरामा उच्च सीपयुक्त (दक्ष) र उच्च भुक्तानीयुक्त काम छन् । जबकि यसअघि मेसिनले केवल श्रमप्रधान रोजगारी मात्रै खोस्ने गरेको थियो । 


५ अप्रिलमा प्रकाशित गोल्डम्यान स्याँसको एक अध्ययनले आगामी दशकमा आर्टिफिसियल इन्टेलिजेन्सी (एआई)ले विश्वको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) सात प्रतिशतले वृद्धि गर्न सक्ने देखाएको छ ।

तर, यो स्वचालनसँग डराउनुपर्दैन । यसले कामदारलाई सांसारिक कार्यबाट मुक्त गरिदिन र श्रमको उत्पादकत्व बढाउन सहयोग गर्न सक्छ, जुन उन्नत अर्थतन्त्रहरूले भोगिरहेको श्रमअभावको दृष्टिले वरदान साबित हुनेछ । ५ अप्रिलमा प्रकाशित गोल्डम्यान स्याँसको एक अध्ययनले आगामी दशकमा आर्टिफिसियल इन्टेलिजेन्सी (एआई)ले विश्वको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) सात प्रतिशतले वृद्धि गर्न सक्ने देखाएको छ । तर, यस प्रकारका अध्ययनले स्वचालनको सम्भावनालाई अतिरञ्जित गरेको पनि हुन सक्छ । एआई (एलएलएम/एनएलपी) र मानव क्षमताबीच अतिक्रमण रेखांकित गर्नेहरूले आफूलाई कम थाहा भएका पेसाका अव्यक्त तर अन्तरनिहित कौशलहरूलाई बेवास्ता गर्न सक्ने सम्भावना छ । केही कामका लागि अपरिहार्य सहानुभूति र भावनाजस्ता मानव गुणहरू आवश्यक  पर्नेछन् ।

धेरै व्यवसायमा ‘आइटी आर्किटेक्चर’ वा ‘एआई नवप्रवर्तन’ समायोजित गर्ने प्रवृत्तिको पनि अभाव हुन सक्छ । साथै, यसलाई अँगाल्नेहरूले व्यावहारिक र कानुनी समस्याको सामना गर्नुपर्नेछ । च्याटबोटलाई जब आफूलाई के भन्ने हो भनेर थाहा हुँदैन, अक्सर उसले झुट बोलिदिने गर्छ (हुन त मानिसले पनि यसै गर्छन् ) ।

यिनले उत्पन्न गर्ने रचनात्मक नतिजा इन्टरनेटबाट प्राप्त डाटामा आधारित छन्, जसले गर्दा सटिकता, गोपनीयता र बौद्धिक सम्पत्ति अधिकारका ज्वलन्त मुद्दा उजागर हुँदै जानेछन् । संवादात्मक शैली पछ्याउने एआई उपकरणलाई वास्तविक विश्वमा अझै पनि सहारा वा सञ्चालकको आवश्यकता पर्छ, जसका कारण यसबाट नयाँ रोजगारी पनि सिर्जना हुन सक्छन् । 
–द इकोनोमिस्ट

See More On

सुझावित समाचार