राप्रपा सचेतकमा बिना लामा नियुक्त

बुधबार, ६ बैशाख, २०८०
डिजिटल संस्करण

प्रतिनिधिसभाको विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको सचेतकमा बिना लामालाई नियुक्त गरेको छ।

राप्रपा अध्यक्ष तथा संसदीय दलका नेता राजेन्द्र लिङ्देनले बुधबार धादिङबाट प्रतिनिधित्व गर्ने समानुपातिक सांसद लामालाई सचेतकमा नियुक्त गरेका हुन्।

राप्रपाले यसअघि संसदीय दलको प्रमुख सचेतकमा जुम्लाबाट निर्वाचित सांसद ज्ञानबहादुर शाहीलाई नियुक्त गरेको थियो।

सुझावित समाचार