तराईमा चल्न थाल्यो लु, बदलियाे दिनचर्या [तस्बिरहरू]

बुधबार, ६ बैशाख, २०८०
डिजिटल संस्करण

तराईमा तातो हावा (लु) चल्न थालेपछि भिडभाड पातलिएको छ। यतिवेला तराईका धेरै ठाउँमा अधिकतम तापक्रम ३८ डिग्री नाघेको छ।

उच्चचापीय प्रणालीका कारण वायुमण्डल स्थिर भएर मौसमी गतिविधि ठप्प हुनुका साथै वनजंगलमा लागेको डढेलो र तुवाँलोका कारण मुलुकभरको अधिकतम तापक्रम उकालो लागेको छ। 

पर्सा, बारा, सर्लाही, धनुषा, सप्तरी र सिराहा क्षेत्रमा त अधिकतम तापक्रम ४०–४१ डिग्री पुगिसकेको छ। जसकारण दिउँसो तातो हावा चल्न थालेको छ। 

मध्य तथा पूर्वी तराईका धेरै स्थानमा पछिल्लो चार–पाँच दिनदेखि हल्का र मध्यमस्तरको तातो हावाको बहाव देखिँदै आएको छ भने कतिपय स्थानमा भने लुले चेतावनीको स्तर पार गरिसकेको छ। 

तराई मात्र होइन, पहाडी क्षेत्रमा पनि तापक्रम बढ्न थालेको छ । विभागका अनुसार काठमाडौं उपत्यकाको तापक्रम पनि एक्कासि बढेकाे छ। 
 

See More On

सुझावित समाचार