संवैधानिक परिषद्को बैठक विनानिष्कर्ष सकियो

बुधबार, ६ बैशाख, २०८०
डिजिटल संस्करण

संवैधानिक परिषद्को बैठक विनानिष्कर्ष सकिएको छ । प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न बसेको बैठक विनानिष्कर्ष सकिएको हो । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, प्रमुख प्रतिपक्ष दलका नेता केपी ओली र उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का सहभागी थिए । 

बैठकमा प्रधानन्यायाधीश नियुक्ति सिफारिसका विषयमा छलफल भएकाे छ । प्रमुख तीन दलबीच केही दिनअघि संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने सहमति भएको थियो । साेही सहमतिअनुसार आज बैठक बसेकाे हाे । 

आजकाे बैठकबारे जानकारी दिँदै राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले भने, ‘संवैधानिक परिषद् बैठकमा प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भयो, अर्को बैठकमा निर्णय गर्ने गरी आज कुनै ठाेस निर्णय भएन ।’  

सुझावित समाचार