योगेशको आरोप– शान्ति प्रक्रिया प्रचण्डको मागी खाने भाँडो

आइतबार, ३ बैशाख, २०८०
डिजिटल संस्करण

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले प्रधानमन्त्री स्वयंले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक टुंग्याउन नचाहेको आरोप लगाएका छन्। आइतबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकमा प्रतिपक्षी दलसँग कुनै छलफल नभएको भन्दै उनले शान्ति प्रक्रिया प्रचण्डको मागी खाने भाँडो भएको आरोप लगाए।

‘सत्य निरूपण, मेलमिलाप आयोगसँग सम्बन्धित विधेयक जुन छ, त्यसलाई यो सदनले टुंग्याउनुपर्थ्यो। त्यसमा प्रतिपक्षी दलसँग सामान्य छलफल पनि नगरीकन उहाँहरूले अगाडि सार्नुभयो। त्यसलाई समितिमा लगेर छलफल गरेर टुंग्याउनुपर्छ भन्ने हाम्रो धारणा थियो। उहाँहरूले त्यति संवेदनशील विषयलाई पनि टुंग्याउन चाहनुभएन। बाहिर बाहिर शान्ति प्रक्रिया भनेर भाषण गर्नुहुन्छ, शान्ति प्रक्रिया भन्ने कुरा प्रचण्डको मागी खाने भाँडो भइसकेको छ। वेला वेला अलि अप्ठ्यारो पर्यो भने शान्ति प्रक्रिया भन्ने, सरकारमा गएपछि शान्ति प्रक्रिया सबै बिर्सिने,’ उनले भने।

सुझावित समाचार