नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तयारीको कामलाई अगाडि बढाइहाल्ने बताएका छन्।
आइतबार सिंहदरबारस्थित आफ्नो कार्यालयमा पुगेर पदभार ग्रहण गरेलगत्तै उनले भ्रमणको तयारीको कामलाई अघि बढाउने बताएका हुन्। उनले नेपाललाई विश्वभर नै शान्तिप्रिय र लोकतान्त्रिक देशको रूपमा चिनाउन पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
मन्त्री साउदले छिमेकीसहितका देशहरूसँगको नेपालको सम्बन्ध सौहार्दपूर्ण, शान्तिपूर्ण र सुमधुर रहिआएको उल्लेख गर्दै त्यसलाई अझै घनिष्ट बनाउँदै लैजाने जिकिर गरे।