साताको पहिलो कारोबार दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ। नेप्से २.८० अंकले घटेर एक १९३१.६८ विन्दुमा कायम भएको छ।
आज कारोबार भएका कुल १३ उपसमूहमध्ये चार उपसमूहको सेयर मूल्यमा वृद्धि हुँदा नौ उपसमूहको सेयर मूल्य घटेकाे छ।
कारोबार भएका ७० कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा एक सय ३९ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । कुल ३० लाख ५६ हजार सात सय ७५ कित्ता सेयर रु. ९७ करोड ४५ लाख ९९ हजार ६१ मूल्यमा खरिद–बिक्री भएका छन् ।
कारोबार रकमका आधारमा आज सोल्टी होटेल शीर्ष स्थानमा रह्यो। सो कम्पनीको तीन करोड ८९ लाख चार हजार चार सय नौ रुपैयाँबराबरको सेयर खरिद–बिक्री भए।
यस दिन आदर्श लघुवित्त र मैलुङ हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले उकालो लाग्दा कालिञ्चोक दर्शन लिमिटेड ९.९८, तारागाउँ रिजेन्सी होटल ७.४३ र धौलागिरि लघुवित्त ५.६४ प्रतिशतले बढेको छ।
एसियन हाइड्रोपावर ७.८३, सगरमाथा जलविद्युत् कम्पनी ६.७६ र आरबिबी म्युचुअल फन्ड ५.१३ प्रतिशतले घटेको छ।