२९ अंकले घट्यो नेप्से, एक अर्ब ६५ करोडकाे कारोबार

बिहिबार, ३० चैत, २०७९
डिजिटल संस्करण

धेरैपछि बुधबार उच्च अंकले बढेको सेयर बजार आज फेरि ओरालो लागेको छ। 

बुधबार ९२  अंकले बढेको सेयर बजार परिसूचक नेप्से आज २९ अंकले ओरालो लागेर १९३४.४७ विन्दुमा झरेकाे छ। 

आज दुई सय ७० वटा कम्पनीका ४९ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब ६५ करोड ३३ लाख रुपैयाँबराबरको कारोबार भएको छ। 

समग्र बजार घटे पनि आदर्श लघुवित्त, कालिञ्चाेक दर्शन लिमिटेड र मेलुङ हाइड्रो कम्पन्नीको सेयर १० प्रतिशतले बढेको छ। 

सुझावित समाचार