‘आइएमई पे’मार्फत गोल्डस्टार जुत्ता किन्दा १५ प्रतिशत छुट

बुधबार, २९ चैत, २०७९
डिजिटल संस्करण

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’मार्फत भुक्तानी गरेर गोल्डस्टार जुत्ता खरिद गर्दा १५ प्रतिशत छुट पाइने भएको छ । नयाँ वर्षको अवसर पारेर ल्याइएको यो अफर २७ चैतदेखि ५ वैशाखसम्म नौ दिन कायम रहने बताइएको छ ।

गोल्डस्टारको आधिकारिक सोरुमहरूबाट कुनै पनि जुत्ता खरिदमा आइएमई पेमार्फत क्युआर स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त हुने हो । विद्युतीय भुक्तानी सेवाप्रदायक आइएमई पे र स्वदेशी जुत्ता ब्रान्ड गोल्डस्टारले ग्राहकमैत्री व्यापार प्रवद्र्धन गर्न यस्तो सम्झौता गरेका हुन् ।

आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले वा एजेन्टहरूमार्फत विभिन्न किसिमका भुक्तानीको काम गर्न सक्छन् । यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकको पनि सुविधा रहेको बताइएको छ । २० लाखभन्दा बढी ग्राहकलाई सीधै मोबाइल वालेट एप तथा एजेन्टहरूमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

सुझावित समाचार