जर्मन ब्रान्ड बोस पावर टुल्स एन्ड एक्सोसरिजले काठमाडौंमा पहिलोपटक ‘डिलर मिट’ आयोजना गरेको छ । बोस पावर टुल्स एन्ड एक्सोसरिज नेपालको एक मात्र आधिकारिक डिस्ट्रिब्युटरः इन्फ्राटेक प्राइभेट लिमिटेडल डिलर, डिस्ट्रिब्युटर तथा ब्रान्डबीचको सम्बन्ध सशक्त बनाउँदै ग्राहकमाझ नम्बर एक बनाउने प्रयासअन्तर्गत डिलर मिट आयोजना गरेको हो ।
नेपालको पूर्वाधार विकास निर्माणका क्रियाकलापमा प्राथमिकतासहित टेवा पुर्याउनु डिलर मिटको उद्देश्य रहेको कम्पनीले जनाएको छ । डिलर मिटमा देशभरबाट ५० भन्दा बढी सहभागी भएको जनाइएको छ । कार्यक्रममा इन्फ्राटेकका निर्देशक आकाश गोल्छा, बोसको सार्क क्षेत्रका व्यवसाय विकास निर्देशक स्वामी नाथन आर तथा बोस श्रीलंकाका कन्ट्री म्यानेजर अशोककुमार एनले बोस पावर टुल्स तथा सेवाहरूका बारेमा जानकारी गराएका थिए ।
समारोहमा कम्पनीका विभिन्न उत्पादनहरू तथा जानकारीमूलक थुप्रै सामग्री प्रदर्शन गरिएको जनाइएको छ । नेपालमा ५० भन्दा बढी आउटलेमार्फत बिक्री–वितरण गर्दै आएको बोस पावर टुल्स, निर्माण तथा पावर टुल्स क्षेत्रका लागि उच्च गुणस्तरीय वस्तु र सेवा प्रदान गर्न प्रतिबद्ध रहँदै आएको कम्पनीले जनाएको छ ।