संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वस्वीकार्य बनाउन तीन दल सहमत

मंगलबार, २८ चैत, २०७९
डिजिटल संस्करण

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) न्यायपूर्ण तथा सर्वस्वीकार्य बनाउन तीन दल सहमत भएका छन्। म‌गलबार बिहान बालुवाटारस्थित सभामुखनिवासमा बसेको प्रधानमन्त्रीसहितको बैठकले यस्ताे सहमति गरेकाे हाे। 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी थिए।

साथै बैठकमा महान्यायाधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल, एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने सहभागी थिए। 

आजको बैठक पुन: बस्ने गरी टुंगिएको छ। वैशाख १ गते दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकले विधेयकमा राख्ने विषय र अघि बढाउने प्रक्रिलगायतका विषयमा छलफल गर्नेछ।

सुझावित समाचार