नेप्सेमा सामान्य अंकको सुधार

सोमबार, २७ चैत, २०७९
डिजिटल संस्करण

आज सेयर बजारमा सामान्य अंकको सुधार देखिएको छ।नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आज ५.५४ अंकले बढेर १८४४.०२ विन्दुमा कायम भएको हो।

आज दुई सय ६१ वटा कम्पनीको २९ लाख ६० हजार आठ सय ६३ कित्ता सेयर खरिदबिक्री हुँदा ९१ करोड १९ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

आज वित्त समूह १.६३ अंकले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै होटेल तथा पर्यटन समूहको उपसूचक ५३.५१ र निर्जीवन बिमा समूहको उपसूचक ३१.०६ अंकले बढेको छ।
 
आज सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सेयर मूल्यमा सबैभन्दा धेरै गिरावट देखिनेमा भने ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड छ। 

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट लिमिटेडको सबैभन्दा धेरै रु. ६ करोड ८४ लाख १८ हजार ६ सय ४३ बराबरको सेयर किनबेच भएको छ।

कारोबार भएका सेयर संख्याका आधारमा भने सानिमा मिडिल तमोरको दुई लाख ६ हजार दुई सय ४७ कित्ता सेयर किनबेच भएको छ।

सुझावित समाचार