‘शरणार्थी बनाएर अमेरिका पुर्‍याउन कराेडाैँ लेनदेन’मा जोडिएका ‘ठूला नेता’माथि छानबिन गर्न माग

सोमबार, २७ चैत, २०७९
डिजिटल संस्करण

कांग्रेस सांसद धनराज गुरुङले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउने विषयमा नाम जोडिएका ठूला नेतामाथि पनि छानबिन गर्न माग गरेका छन्।
 
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गुरुङले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउने भन्दै करोडौँ रकम लेनदेन गरेको समाचार बाहिरिएकोप्रति सरकारले छानबिन गर्नुपर्ने बताएका हुन्। 

उनले भने, ‘यसमा ठूलै नेताहरूको पनि नाम जोडिएर सञ्चारमाध्यममा आइपुगेको छ। अनि ठूलालाई चैन सानालाई ऐन हुन्छ कि ? होइन भने यस घटनामा जति ठूलै नेताको नाम जोडिए पनि गृह प्रशासन काँप्नुहुँदैन। गृह प्रशासनले दह्रोसँग खुट्टा टेकेर यसमा संलग्न जतिसुकै ठूलो नेता भए पनि कारबाहीको दायरामा ल्याउनैपर्छ। कानुनको कठघरामा उभ्याउनैपर्छ।’

सो प्रकरणमा ठूला नेताहरूको नाम जोडिएको उल्लेख गर्दै उनले जति ठूला नेताको नाम जोडिए पनि कानुनी कठघरामा ल्याउनुपर्ने बताए। 

सुझावित समाचार