टोखा–छहरे सुरुङमार्ग निर्माण अघि बढाउन माग

सोमबार, २७ चैत, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बजेट विनियोजनसमेत भएको टोखा–छहरे सुरुङमार्ग निर्माण तत्काल अघि बढाउन माग गरेका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले सो सुरुङमार्ग नुवाकोट, रसुवा र धादिङको मात्र नभई उत्तरी छिमेकीसँग जोड्ने मार्गका रूपमा रहेको भन्दै तत्काल यसको निर्माण अघि बढाउन सरकारसँग माग गरे।

‘आर्थिक वर्ष ०७७÷७८ मा रु. छ६ अर्ब ४२ करोड बजेट विनियोजन भए पनि अहिलेसम्म त्यसमा खोस्रने पनि काम भएको छैन । सरकारले गरेका वचनबद्धता र छुट्याइएको बजेटलाई एकातर्फ राखेर निर्माणको काम भएको छैन । यतातर्फ म सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु,’ उनले भने ।

सुझावित समाचार