उदयपुरमा ट्रकको ठक्करबाट मोटरसाइकलचालकको मृत्यु

आइतबार, २६ चैत, २०७९
डिजिटल संस्करण

मदन भण्डारी लोकमार्गको त्रियुगा नगरपालिका– ११ स्थित गाईघाट खण्डमा ट्रकको ठक्करबाट एक मोटरसाइकलचालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरमा प्रहरी निरीक्षक मोहन थापाका अनुसार ट्रकको ठक्करबाट मोटरसाइकलचालक त्रियुगा– १४ का ४३ वर्षीय तारणी मगरको घटनास्थलमै मृत्यु भएको हो।

आइतबार काठमाडौंबाट झापातर्फ जाँदै गरेको मे १ ख २१८४ नम्बरको मालबाहक ट्रकले साइडबाट निस्की बाटो क्रस गर्दै गरेको प्र १–०५–००१ प. ६१५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

घटनास्थलमै मृत्यु भएका मगरको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गाईघाट लगिएको र ट्रकचालक झापा कन्काई नगरपालिका ६ का २२ वर्षीय भुपेन्द्र राजवंशीलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक थापाको भनाइ छ।
 

सुझावित समाचार