साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा गिरावट आएको छ । नेप्से २७.९० अंकले घटेर १८३८.८८ विन्दुमा कायम भएको छ । यस दिन सेन्सेटिभ इन्डेक्स ४.४९, फ्लोट इन्डेक्स २.०१ र सेन्सेटिभ फ्लोट इन्डेक्स १.५६ अंकले घटेको छ ।
आज दुई सय ६५ कम्पनीका २९ लाख ३३ हजार एक सय पाँच कित्ता सेयर ८५ करोड ४५ लाख ८ हजार रुपैयाँबराबरमा कारोबार भएको छ । नेप्सेका सबै उपसमूह राताम्मे भएको छ । आज हाइड्रोपावरको सूचक सबैभन्दा धेरै २.३५ प्रतिशतले घटेको छ ।
बजार घटे पनि आज कालिञ्चाेक दर्शन लिमिटेडको सेयर मूल्यमा सर्किट लागेको छ । सानीमा ग्रोथ फन्डको सेयर मूल्य ६.४६ प्रतिशतले बढेको छ । यता, कुमारी धनवृद्धि योजना र मायाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य क्रमशः ६.६२ प्रतिशत र ६.२३ प्रतिशतले घटेको छ ।