प्रगतिशील पत्रकार संघ नेपालको बुटवलमा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ।
सम्मेलनले श्यामलाल पोखरेलको अध्यक्षतामा २३ पूर्ण र आठ वैकल्पिक गरी ३१ सदस्यीय केन्द्रीय समितिसहित आठ सदस्यीय सल्लाहकार चयन गरेको छ। संघको उपाध्यक्षमा विनोद पौडेल, महासचिव प्रकाश थापामगर, सचिव ताराप्रसाद शर्मा र गोपालप्रसाद भट्टराई, कोषाध्यक्षमा प्रज्ज्वल पहाडी चयन भएका छन्।
यस्तै, सदस्यहरूमा नारायण गिरी, लक्ष्मी चौधरी, विद्यानाथ अधिकारी, शंकरप्रसाद पोखरेल, तिलक गाउँले, मोहन बेलबासे, जुमानसिंह केसी, जितेन्द्र खत्री, शुक्र भण्डारी, हरि न्यौपाने, प्रकाश छन्त्याल, हरिकिशोर महतो, टंक अवस्थी, रमेश पौडेल, विनोद परियार, अमिर बास्कोटा चयन भएका छन् ।
वैकल्पिक सदस्यहरूमा विशाल कार्की, रोशन दानी, सोमनाथ अधिकारी र कुलदीप न्यौपानेलगायत चयन भएका छन् । सम्मेलनले सुमन अधिकारी, रामनारायण सुवेदी, डबल बोगटी, बैरागी जेठा, शशि सापकोटा, ईश्वरी भण्डारी, भाषा शर्मा र किरण आचार्यलाई सल्लाहकार चयन गरेको छ ।
सम्मेलनले १५ बुँदे बुटवल घोषणपत्रसमेत जारी गरेको छ । बुटवल घोषणापत्रसँगै संगठनको प्रतिवेदन, विशेष प्रस्ताव र आर्थिक प्रतिवेदन पारित र विधान संशोधन गरेको अध्यक्ष पोखरेलले बताए । पूर्व–पश्चिम राजमार्गको झन्डै मध्यक्षेत्र र आवश्यक पूर्वाधार रहेको बुटवललाई मिडिया हबको रूपमा विकास गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ।
नवनिर्वाचित अध्यक्ष पोखरेलले व्यावसायिक पत्रकारितासँगै राजनीतिक रूपमा मिसन पत्रकारितालाई राष्ट्रियतासँग जोड्नुपर्ने बताए । श्रमजीवी पत्रकारका समस्या समाधान गर्न राज्यलाई खबरदारी गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।