प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन कञ्चनपुर पुगेका छन्।
आइतबार बिहान बुद्ध एयरको नियमित जहाजमा सुदूरपश्चिम गएका प्रधानमन्त्री प्रचण्ड बिहानको नास्ता खान कैलालीको गेटास्थित एमाले नेता लेखराज भट्टको घर पुगेका छन्।
अहिले उनीहरूबीच ‘वान टु वान’ वार्ता भइरहेको छ।