नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीभित्र कुनै प्रकारको गुटबन्दी नरहेको दाबी गरेका छन्।
पार्टीनिकट अखिल नेपाल महिला संघको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। योग्यता, क्षमता हेरेर जिम्मेवारी दिइने भन्दै ओलीले निहित स्वार्थका लागि गुट बनाउने काम नगर्न सचेत गराए।
‘आजको एमालेभित्र कुनै पनि किसिमको गुटबन्दी छैन। त्यहाँ प्रतिपक्ष छैन। सब एकजुट छ। स्वार्थका लागि कसैले यस्तो उस्तो नभन्नुस्। स्वार्थका लागि यसो ग्रुप बनाएझैँ, खेल्न खोजेझैँ त्यस्तो खालको नगर्नुहोला,’ उनले भने।
ओलीले अनेम संघले आफ्नो संगठनकी पूर्वअध्यक्ष विद्या भण्डारीलाई नेपालको पहिलो महिला राष्ट्रपति बनाएर मुलुककै लागि गर्व गर्नलायक काम गरेको बताए।