व्यक्तिगत चाहना त्यागेर काम गर्न जरुरी छ : सभामुख घिमिरे

शनिबार, २५ चैत, २०७९
डिजिटल संस्करण

सभामुख देवराज घिमिरेले समाजलाई आर्थिक र सामाजिक विकास गरेर लैजानुपर्ने आवश्यकता रहेको बताएका छन्। शनिबार काठमाडौंमा लायन्स क्लबको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले देशले राजनीतिमा ठूलो परिवर्तन गरेर यहाँसम्म आइपुगेको उल्लेख गर्दै अब समाजलाई आर्थिक र सामाजिक विकास गर्नुपर्ने दायित्व पूरा गर्न आवश्यक भएको बताए। आफ्नो व्यक्तिगत चाहनालाई त्यागेर देशको आवश्यकतालाई मध्यनजर गरी अघि बढ्न जरुरी रहेको उनको भनाइ छ।

‘यति वेला हाम्रो समाजलाई हाम्रो प्रणालीलाई नेतृत्व गरिरहेका नेताज्यूहरूलाई कुर्सीको लागि होडबाजी मात्रै गरेका हुन् कि भन्ने प्रश्न खडा हुन थालेको छ,’ सभामुख घिमिरेले भने।

सुझावित समाचार