प्रतिबन्धित माछा ‘क्याट फिस’ बरामद

शुक्रबार, २४ चैत, २०७९
डिजिटल संस्करण

मानव स्वास्थ्य र वातावरणलाई प्रतिकूल असर पुग्ने मगुर माछा ‘क्याट फिस’ नियन्त्रणमा लिएर सशस्त्र प्रहरी बल १४ नम्बर गण हेटौँडाले शनिबार नष्ट गरेको छ ।

हेटौँडा उपमहानगरपालिका– ८ मा रहेको सशस्त्र प्रहरी बल १४ नम्बर गणबाट खटिएको सुरक्षा टोलीले बिहीबार राति १२ बजे हेटौँडा– १५ चुरियामाईस्थित पूर्व–पश्चिम राजमार्गबाट उक्त प्रतिबन्धित मगुर माछा ‘क्याट फिस’ नियन्त्रणमा लिएको थियो । 

सर्लाहीबाट हेटौँडातर्फ आउँदै गरेको बा.७ख ६४१ नम्बरको यात्रुवाहक बस रोकी जाँच गर्ने क्रममा बसको डिक्कीमा आठवटा सिलावरको भाडामा लुकाइछिपाई ल्याएको अवस्थामा ४८ केजी जिउँदो मगुर माछाको भुरा नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका डिएसपी सैलेश श्रेष्ठले जानकारी दिए । 

डिएसपी श्रेष्ठका अनुसार उक्त परिमाणको माछाको बजार मूल्य अन्दाजी चौध हजार चार सय रहेको छ । प्रहरीले उक्त माछालाई जनप्रतिनिधि, भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रका प्रतिनिधिहरूको रोहवरमा खाडल खनेर पुरेको थियो ।

सुझावित समाचार