सुकुमबासी विरोधमा उत्रिएपछि नगर प्रहरी ब्याक

शुक्रबार, २४ चैत, २०७९
डिजिटल संस्करण
सुकुमबासी विरोधमा उत्रिएपछि नगर प्रहरी ब्याक

तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

सुकुमबासी बस्ती हटाउन बागमती करिडोर पुगेको महानगरको नगर प्रहरी ब्याक भएको छ । स्थानीयले टायर बालेर बाटो छेकेपछि नगर प्रहरी पछि हटेको हो ।

बानेश्वर क्याम्पसदेखि सिनामंगलसम्मको बागमती करिडोरमा स्थानीयले टायर बालेर प्रदर्शन गरिरहेका छन्। विनासूचना महानगर डोजर लिएर भत्काउन आएको भन्दै सुकुमबासी प्रदर्शनमा उत्रिएका हुन्।

अवैध रूपमा बनेका घरटहरा भत्काउन जाँदा स्थानीयले उग्र विरोध गरेपछि यसबारे महानगरमा छलफल चलिरहेको नगर प्रहरी इन्स्पेक्टर किशोरकुमार भट्टराईले जानकारी दिए ।

सुझावित समाचार