सडक, बिजुली, सञ्चारजस्ता निर्माण कार्यमा समन्वय इकाइ गठन गर्ने सरकारको प्रतिबद्धता

बिहिबार, २३ चैत, २०७९
डिजिटल संस्करण

सरकारले विकास निर्माणका कार्यमा सम्बन्धित निकायहरूबीच समन्वयका लागि इकाइ गठन गर्ने प्रतिबद्धता जनाएको छ।

बिहीबार सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सञ्चारमन्त्री रेखा शर्माले सडक, बिजुली, सञ्चार, पानी, ढललगायतका विकास निर्माणमा समन्वयका लागि इकाइ गठन गरिने बताइन्। उक्त इकाइ प्रधानमन्त्री तथा मन्त्रिपरिष्द्को कार्यालयमा रहने गरी गठन गरिने सरकारको न्यूनतम साझा कार्यक्रममा उल्लेख छ।

‘सडक, बिजुली, पानी, ढल, सञ्चारलगायत विकास निर्माणका कार्यमा सम्बन्धित निकायबीच एकीकृत र समन्वयात्मक ढंगले निर्माण, सञ्चालन र परिचालन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिष्तद् कार्यालयमा समन्वय इकाइ गठन गर्ने,’ न्यूनतम साझा कार्यक्रममा उल्लेख छ।

सुझावित समाचार