‘भ्रष्टाचार संस्थागत भइसक्यो, सुन लुट्न विमानस्थलमा शवको बाक्सा फोरिन्छ’

बिहिबार, २३ चैत, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्य हरि ढकालले देशमा संस्थागत भ्रष्टाचार जरैसम्म पुगेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

विमानस्थलमा विदेशबाट शव ल्याइएका बाकसमा समेत केही गरगहना छ कि भनेर लुट्नका लागि फुटाइने गरेको भन्दै उनले भ्रष्टाचार जरैसम्म पुगेको बताए । गरिब चेपाङ बच्चालाई दिइने दिवा खाजामा समेत भ्रष्टाचार हुने गरेको भन्दै उनले यो सबैको कारण बेथिति रहेको बताए ।

‘विदेशबाट शव ल्याउँदाखेरि शवको बाक्सा फोरिएको छ एयरपोर्टमा, केही सामान छ कि भनेर लुट्नलाई । ब्यागहरू फुटेको त जानकारी थियो । समाज कहाँ जाँदै छ ? समाज के बन्दै छ ? कारण के हो ? कारण भ्रष्टाचार यसरी संस्थागत भएछ कि, यसरी जरोसम्म पुगेछ कि शव बोकेको बाक्सा पनि एयरपोर्टमा फुट्छ । अचम्मको छ एयरपोर्ट, यताबाट लागुऔषध स्क्रिनमा देख्दैन । लागुऔषध कतार पुग्छ । संस्थागत यति भएछ भ्रष्टाचार, गरिब चेपाङ कुपोषित बच्चाको दिवा खाजा लुट्छ । दिवा खाजामा भ्रष्टाचार छ,’ उनले भने ।

सुझावित समाचार