नि:शुल्क डिजिटल साक्षरता शिक्षा दिँदै विष्णुमाया पुस्तकालय

बिहिबार, २३ चैत, २०७९
डिजिटल संस्करण

विराटनगर महानगरपालिका पोखरियामा रहेको विष्णुमाया पुस्तकालयले निःशुल्क डिजिटल साक्षरता शिक्षा प्रदान गर्न थालेको छ । आमसर्वसाधारणलाई प्रविधिबारे सचेत गराउन पुस्तकालयले एकमहिने डिजिटल साक्षरता शिक्षा प्रदान गर्न थालेको हो । 

पुस्तकालयको आफ्नै सभाहलमा १९ चैतदेखि आयोजना गरिरहेको  डिजिटल साक्षरता शिक्षाका लागि दैनिक ३० भन्दा बढी व्यक्ति आउने गरेका अध्यक्ष केशव  गौतमले बताए । गौतमका अनुसार डिजिटल कक्षा पढ्न आउनेहरूमा युवा र प्रौढ उमेरका  कर्मचारी, शिक्षक, व्यवसायी र सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरू रहेका छन् । 

विष्णुमाया पुस्तकालयले ०७२ सालदेखि हरेक वर्ष सामुदायिक विद्यालयका गरिब विद्यार्थीलाई निःशुल्क ट्युसन सञ्चालन गर्दै आएको छ । ०२४ सालमा स्थापना भएको यस पुस्तकालयले ई–लाइब्रेरी पनि सञ्चालनमा ल्याएको छ ।

सुझावित समाचार