राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यलाभ गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जबाट शीतलनिवास फर्किएका छन्। पेटमा समस्या आएपछि गत शनिबार उनी अस्पताल भर्ना भएका थिए।
अस्पतालका प्रशासन प्रमुख वैकुण्ठप्रसाद थपलियाद्वारा आज यहाँ जारी प्रेस विज्ञप्तिमा राष्ट्रपति पौडेल स्वास्थ्यलाभ गरी आज अस्पतालबाट डिस्चार्ज भएको जानकारी गराएका छन्।
राष्ट्रपति पौडेललाई केही समय पूर्ण रूपमा आराम गर्न चिकित्सकले सुझाव दिएका छन्। यसैबीच राष्ट्रपति पौडेलले आफ्नो उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, त्रिवि शिक्षण अस्पताल परिवार तथा स्वास्थ्यलाभको कामना गर्नुहुने सबैमा धन्यवाद व्यक्त गरेका छन्।