प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिमा दलीय प्रतिनिधित्व हुने संख्या टुंगिएको छ।
बुधबार सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, सचेतक तथा दलका सदस्यहरू सहभागी छलफलमा समिति २१ सदस्यीय रहने सहमति भएकाे हो।
समिति कांग्रेसबाट ६ जना, एमालेबाट पाँचजना, माओवादी केन्द्रबाट दुईजना र अन्य पार्टीबाट एक–एकजना सदस्य रहनेछन्। तीबाहेक अन्य दल तथा स्वतन्त्र सांसदको तर्फबाट एकजना सदस्य रहने सहमति भएको छ।
