सिक्किमको पर्यटकीय क्षेत्र त्सोङमाे, नाथुलामा आएको हिमपहिरोमा तीनजना नेपाली र चार भारतीयको मृत्यु भएको छ। मृत्यु हुने नेपलीमा चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रूपन्देहीकी मुना शाह श्रेष्ठ छन्। लामिछाने र ढकाल कालिका नगरपालिका- ६ खोलेसिमलका हुन् ।
खोलेसिमलमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाले भारतको सिक्किम भ्रमण लगेको थियो । सहकारीबाट दुईवटा बसमा ६३ जना भ्रमण गएका थिए । उनीहरू पनि त्यसमै थिए ।
लामिछाने सो संस्थाका कार्य समिति सदस्य हुन् । जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनका अध्यक्ष किशोर बगालेका अनुसार मृतकको शव लिएर भ्रमण टोली आजै नेपाल फर्कने तयारीमा छ । नाथुला जाने क्रममा करिब ५-६ सवारी साधन र २०-३० पर्यटक हिउँमुनि फसेको आशंका गरिएको छ ।

