सांसदहरूलाई अध्यक्ष तिमिल्सिनाको आग्रह– सदन चलिरहँदा मोबाइल स्विच्ड अफ गर्नुस्

मंगलबार, २१ चैत, २०७९
डिजिटल संस्करण

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदन चलिरहँदा मोबाइल स्विच्ड अफ गर्न सांसदहरूलाई आग्रह गरेका छन् ।  मंगलबार राष्ट्रिय सभा बैठकमा उनले सांसदहरूलाई सचेत गराएका हुन् ।

नेकपा (एकीकृत समाजवादी)की सांसद मदनकुमारी साह गरिमाले बोलिरहँदा एक सांसदले मोबाइल चलाइरहेको देखेपछि अध्यक्ष तिमिल्सिनाले यस्तो आग्रह गरेका हुन् । सदन चलिरहेका वेला सांसदहरूलाई सभाका अध्यक्षले सचेत गराउन सक्ने अधिकार रहेको छ।

सुझावित समाचार