साउदी अरबले दैनिक पाँच लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने

सोमबार, २० चैत, २०७९
डिजिटल संस्करण

साउदी अरबको ऊर्जा मन्त्रालयले मे महिनादेखि सन् २०२३ को अन्त्यसम्म दैनिक पाँच लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने घोषणा गरेको छ।

पेट्रोलियम निर्यातक राष्ट्रहरूको संगठन (ओपेक)का केही अन्य देशहरू र ओपेक सहभागी नभएका देशहरूको समन्वयमा उत्पादन कटौती गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। मन्त्रालयले यो निर्णय विश्वव्यापी तेल बजारको स्थिरतालाई समर्थन गर्ने उद्देश्यले सावधानीको उपाय भएको जनाएको छ।

सेप्टेम्बर २०१८ को एक प्रतिवेदनअनुसार विश्वको तेल उत्पादनको ४४ प्रतिशत र ८१.५ प्रतिशत प्रमाणित तेल खानी भएकाले विश्वको तेल बजारको मूल्यमा ओपेकको ठूलो प्रभाव रहेको छ।

सुझावित समाचार