गठबन्धनका साझा उम्मेदवारलाई एकीकृत समाजवादीकाे समर्थन

सोमबार, २० चैत, २०७९
डिजिटल संस्करण

आगामी वैशाख १० मा हुन लागेको उपनिर्वाचनका लागि नेकपा एकीकृत समाजवादी पार्टीले उम्मेदवारी दिएन । सोमबार एक विज्ञप्ति जारी गर्दै सो पार्टीले गठबन्धनका तर्फबाट साझा उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो ।

पार्टीको सचिवालय बैठकले गठबन्धनका साझा उम्मेदवारलाई समर्थन जनाउँदै मत दिन पार्टी पंक्तिलाई निर्देशन दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । आगामी वैशाख १० गते तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचन हुँदै छ ।

सुझावित समाचार